• २०७६ कार्तिक ३ आइतबार

नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ,  सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा बुधबार भएको खेल बर्षाको कारणले रद्द भएको छ । सिंगापुर र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको हो ।

नेपाली समय अनुसार सवा पाँच बजे खेल सुरु हुनुपर्ने खेल बर्षातको कारणले सुरु नै हुन सकेन । टस समेत गर्न नपाएपछि दुवै दुवै टिमले सहमतिमा एक एक अंक बाँडेका छन् । यो नतिजासँगै नेपालले चार खेलबाट तीन अंक जोडेको छ भने सिंगापुरले तीन खेलबाट तीन अंक बनाएको छ ।

जिम्बावेले भने तीन खेलबाट चार अंक जोडेको छ । अब बिहीबार जिम्बाब्वे र सिंगापुरबीच खेल हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार