• २०७६ कार्तिक ३ आइतबार

‘घामड शेरे’ गीत रिलिज, निश्चललाई मनपर्यो स्वस्तिमा साली

काठमाडौँ,  हेमराज वीसीको निर्देशनमा तयार भएको चलचित्र ‘घामड शेरे’को पहिलो गीत ‘साली मनपर्यो’ सार्वजनिक भएको छ । ८ कार्तिक प्रदर्शन मिति तय भएको फिल्मले यो गीत डान्सिङ विटमा रोमान्टिक पारामा तयार पारिएको छ ।

गीतमा ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । यो फिल्ममा दुईको प्रमुख भूमिका छ । उनीहरुलाई फिल्ममा श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ । कालिप्रसाद बाँस्कोटाको शब्द, संगीत तया स्वर रहेको यो गीतमा अस्मिता अधिकारीले पनि आवाज दिएकी छिन् ।

सामाजिक कमेडी कथामा तयार भएको यो चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकको साथमा अतिथी भूमिकामा नायिका गौरी मल्लको मुख्य भूमिका छ । नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।  फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

निर्देशक विसीले नै फिल्मको कथा तथा पटकथा लेखेका हुन् । उनी फिल्मका निर्माता पनि हुन् । अधिकांश छायांकन सुर्खेतमा भएको फिल्मको वितरण स्टेशन फाइभ र डिसिएनले मिलेर गर्दैछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार