• २०७६ बैशाख १० मंगलबार

प्राविधिक शिक्षा प्राथमिकतामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पवित्रा माविको ६१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले प्राविधिक शिक्षाले मात्रै शैक्षिक बेरोजगारीको अन्त्य हुने भएकाले प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राखेको बताए । 

उनले प्रदेश सरकारले तनहँुको शुक्लागण्डकी नगरपालिकामा प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी भइरहेकोे जानकारी गराए । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले राजनीतिकरणबाट मुक्त भएको अनुसन्धानमूलक शिक्षा दिने विश्वविद्यालय स्थापनाको परिकल्पना गरेको उल्लेख गर्दै विश्वविद्यालय स्थापनाका लागि जग्गाको समेत पहिचान भइसकेको बताए । 

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले युवाशक्तिलाई देशभित्रै रोजगारीको सिर्जना गर्नका लागिसमेत प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार