• २०७५ फाल्गुण १० शुक्रबार

चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध

रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति गरेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । 

चार दिनदेखि अवरुद्ध टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ । दुइ हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङ्ले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको टेलिफोन सेवा पूर्ण अवरुद्ध भएपछि यहाँका सेवाग्राही मर्कामा परेका हुन् । 

मछाइनमाको टावरले रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको थियो । रिपिटर टावरको चट्याङले त्यहाँ रहेको सोलार ब्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दए । नेपालगञ्जबाट प्राविधिक टोली काममा खटिए पनि टावर निर्माणको काम सफल नभएको उनले बताए । 

टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भरपर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार