• २०७६ कार्तिक ३ आइतबार

कमेडी र एक्सनमा ‘बादशाह जुट’को ट्रेलर

काठमाडौँ,  निर्माण भएको लामो समयपछि आउँदो कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडी र एक्सनले भरिएको छ । आफूलाई बादशाह कल्पना गर्ने दुई पात्रको रोचक कहानीमा चलचित्र निर्माण भएको ट्रेलरबाट वुझ्न सकिन्छ । फिल्ममा अभिनेता सुशील पत्रकारको भूमिकामा छन्, जो चर्चित सञ्चारकर्मी रवि लामिछानेजस्तो नेम र फेम कमाउन चाहन्छ । तर, आफू कार्यरत मिडिया हाउसको मालिकले उसको कुनै कामलाई प्रशंसा र प्रोत्साहन गर्दैन । ऊ आफूलाई भने बादशाह सम्झन्छ ।

आफूलाई बादशाह सम्झने अर्का पात्र हुन्, आमिर गौतम । ऊ हवल्दार भए पनि आफूलाई ठूलो अफिसर ठान्छ । चलचित्रमा यी दुइका अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । भने, अतिथी भूमिकामा प्रियंका कार्की छिन् ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार