• २०७६ कार्तिक ३ आइतबार

गायक राजेश पायल राईको आवाजमा "के छ तिम्रो नाउँ” (भिडियो)

राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत "के छ तिम्रो नाउँ” गीतको भिडियो सार्वजनिक भएको छ ।

त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ । अमेरिकामा रहेर पनि नेपाली लोक गीत सङ्गीतको विकाशमा सक्रिय दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको सङ्गीत तथा प्रदीप श्रेष्ठको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो  ।

एलेन मगरको छायाङ्कन, एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । गीतको भिडियोमा तेज थापा, खुसी मगराती र दीपालाई फिचरिङ्ग गरिएको छ  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार