• २०७५ फाल्गुण १० शुक्रबार

थाई राजकुमारीको प्रधानमन्त्री बन्ने सपना तुहियो

थाइल्यान्डका राजा महा बजरालोङ्कोनकी दिदी राजकुमारी उबोलरत्न महिडोल राजकन्याको राजनीतिमा प्रवेश गर्ने  सपना  तुहिएको छ।

आगामी महिना हुने आम निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दर्ता गराएकी राजकुमारी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अयोग्य भएको थाइल्याण्डका राजाले ठहर  गरेका हुन्।

राजाको भनाईपछि थाइल्याण्डको निर्वाचन आयोगले राजुकमारीको उम्मेदवारी बदर भएको घोषणा गरेको छ। निर्वाचन आयोगले राजसंस्था राजनीतिभन्दा माथि हुने समेत बताएको छ। उनले विवादास्पद थाइ रक्स चार्ट पार्टीबाट प्रधानमन्त्रीका लागि लड्ने बताइएको थियो। उक्त पार्टी सिनावात्रा परिवारसँग नजिक रहेको पार्टी हो।

राजकन्याले १९७२ मा अमेरिकी नागरिकसँग विवाह गरेकी थिइन्। यसकारण उनले आफ्नो शाही पद त्याग गरेकी थिइन्। यद्यपि सम्बन्ध विच्छेद भएपछि उनी फेरि थाइल्यान्ड फर्केर राजकीय जिम्मेवारीमा छिन्।

सामाजिक संजालमा सक्रिय रहेकी राजकन्याले केही थाइ चलचित्रमा अभिनयसमेत गरेकी छिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार