• २०७६ भदौ ४ बुधबार

फागुन ३ मा 'कण्डम दिवस' मनाइने

आगामी फेब्रअरी १३ तारिकका दिन बिभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दे अन्तराष्ट्रिय कण्डम दिवस मनाइने भएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे देशव्यापी रुपमा जनचेतनामुलक कार्यक्रमको गर्दे दिवस मनाउने जनाएको हो । विश्वभर फेब्रअरी १३ तारिकका दिन विश्वव्यापी रुपमा कण्डमको सही तरिकाले प्रयोग गरि सुरक्षित यौन सम्पकै बारे जनचेतना फैलाउनका लागी दिवस मनाइने गरिन्छ । पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डाक्टर तारा नाथ पोख्रेलले नेपालमा एचआइभी संक्रमणको दर घटदै गएको भन्दै सचेतना कार्यक्रम प्रभावकारी हुदै गएको बताए । केन्द्रका अनुसार नेपालमा करिव ७७ प्रतिशत एचआइभी संक्रमण कण्डम बिना गरिने यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ । पोख्रेलले सन २०१७ मा एचआइभी संक्रमण दर शून्य दशम्लव १५ प्रतिशतमा झरेको बताए ।
केन्द्रले नेपालमा अनुमानित ३१ हजार २० जनामा एचआइभी संक्रमित व्यक्ति भएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार