• २०७६ बैशाख १० मंगलबार

टि २० विश्वकपको एसियन क्षेत्रीय छनोट जुलाई देखि

आइसीसी टि २० बिश्वकपको एसियन क्षेत्रीय छनोट २५ जुलाई मलेसियामा हुने भएको छ ।

विश्वकप छनोट अन्तर्गत उपक्षेत्रीय छनोट पार गरेको नेपालले यो प्रतियोगितामा मलेसिया, सिंगापुर, युएर्इ, कतार र कुवेतसँग खेल्ने छ । 

कुल ६ टिमको सहभागिता रहेको यो प्रतियोगितामा शिर्ष २ मा स्थान बनाउने टिमले यसै वर्षको अन्तिममा हुने ग्लोबल क्वालिफायर्सकालागि छनोट हुनेछन । राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताका सबै खेललाइ आइसीसीले अन्तराष्ट्रिय मान्यता दिएको छ ।

विश्वकपको अन्तिम छनोट प्रतियोगितामा १४ टिम हुनेछन । जसमा सबै क्षेत्रीय छनोटबाट आएका ८ टिम र बरियतामा पुछारमा रहेका ६ टिम विच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार