• २०७६ कार्तिक ३ आइतबार

एनआरएनए अध्यक्षका लागि आचार्यको उम्मेद्धारी

मंगलबार वेलायतबाट औपचारिक घोषणा गर्दै

 

काठमाडौं, असोज ६ गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रिय उपाध्यक्ष कुल आचार्यले संघको केन्द्रिय अध्यक्ष पदका लागि मंगलबार वेलायतबाट औपचारिक रुपमा उम्मेद्धारी घोषणा गर्ने भएका छन् । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्र्तराष्ट्रिय अधिवेशनमा आचार्यले उम्मेद्धारीको घोषणा गर्न लागेका हुन् । लण्डनको अल्डरसटस्थित एम्पाएर हलमा २४ सेप्टेम्वर अपरान्ह ६ बजेदेखि उम्मेद्धारी घोषणासभा सुरु हुने कुल आचार्य जिताऔं अभियान समितिले जनाएको छ । समारोहमा विभिन्न देशबाट एनआरएनका प्रतिनिधि एवं संघसंस्थाका पदाधिकारीहरुको उपस्थित रहनेछ । विभिन्न देशमा पुगेर आफ्नो उम्मेद्धारीको विषयमा सुझाव तथा राय लिएपछि आचार्यले औपचारिक रुपमा अध्यक्षको उम्मेद्धारी घोषणा गर्न लागेका हुन् । ‘बेलायत एनआरएन अभियानको जन्म थलो पनि हो। त्यसैले आदरणीय अग्रजहरु तथा संसार भरि रहनु भएका शुभ चिन्तक तथा मित्रहरुसंग सरसल्लाह गरी एनआरएन अभियानलाई नयां गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको हुँ,’ आफुले औपचारिक रुपमा अध्यक्षमा उम्मेद्धारी घोषणा गर्न लागेको जानकारी दिँदै आचार्यले भनेका छन्, ‘विगतमा झैँ यो अभियानमा पनि सबै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु ।’ एनआरएन वेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष, अन्र्तराष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजकको रुपमा काम गरिसेका आचार्य हाल संघको केन्द्रिय उपाध्यक्ष छन् । आचार्यले संघमा रहेर संयुक्त लगानी कोष निर्माण, शंखमुल पार्क निर्माण लगायतका परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार