• २०७६ असोज ४ शनिबार

गहना लुट्न वृद्धाको हत्या, ४ जना पक्राउ

कावासोती,  

नवलपुरको गैँडाकोटमा ६८ वर्षीया वृद्दाको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ की भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

हत्यामा संलग्न खोटाङको दिपु्रङ घर भई हाल गैँडाकोट–८ बस्दै आएका ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँको रिसिङ घर भई गैँडाकोट–१५ बस्दै आएका ४५ वर्षीय वसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।

उनीहरूले  मङ्गलवार राति  गरगहना लुट्ने क्रममा खत्रीको हत्या गरेका  हुन् । खत्रीको खाना खाएर भाँडा माझ्दै गरेको बेला पछाडिबाट आएर हत्या गरी गरगहना लुटेको रानाभाटले बताए । खत्रीको टाउको, कान र अनुहारमा चोट लागेको छ भने आँखा फुटेको छ ।

८ जना सन्तानकी आमा खत्री घरमा एक्लै बस्दै आएकी थिइन् । उनका तीन छोरा जापान र एक छोरा अस्ट्रेलियामा छन् । उनका चार छोरी छन् । पक्राउ परेकाहरू माथि अनुसन्धान अघि बढाइएको गैँडाकोट प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार