• २०७६ मङ्सिर ७ शनिबार

असोज ५ बाट दशैँको अग्रिम टिकट खुल्ने

काठमाडौँ,

नेपालीहरूको महान् चाड बडादशैंमा काठमाण्डौंबाट बाहिर जानेहरूका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ । 

असोज ५ गतेदेखि टिकट बुकिङ खुला हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच  बिहीबार भएको छलफलमा टिकट बुकिङ असोज ५ गतेदेखि खोल्ने सहमति भएको छ । 

भाडा समायोजनको विषयमा भने कुनै छलफल नभएको र यसको जिम्मा सरकारलाई दिँदै ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको महासंघका प्रवक्ता सरोज सिटौलाले जनाए । भाडा समायोजनको विषय सरकारलाई जिम्मा दिएको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार