• २०७६ असोज ४ शनिबार

‘पत्रु’ खाने विद्यार्थीलाई रु १० जरिवाना

डेल्धुरा, 
डडेल्धुराको एक विद्यालयले पत्रु खाने विद्यार्थीलाई रु १०  जरिवाना गर्ने गरेका छन् । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा पत्रु खाने विद्यार्थीलाई  रु १० जरिवाना गर्ने गरेको छ ।
 
दैनिकजस्तो बालबालिकामा देखिने कमलपित्तलगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुटलगायतका पत्रु खान प्रतिबन्ध गरिएको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेल्धुराका प्राचार्य चन्द्रबहादुर साहुले बताए ।  विद्यार्थीले विद्यालय परिसरमा खान रोक लगाएपछि छात्रछात्रा पत्रु खान कमी आएको प्राचार्य साहुको भनाइ छ । अहिलेसम्म २०० विद्यार्थीलाई जरिवाना गरिसकेको उनले जानकारी दिए । 

पहिले/पहिले त नियन्त्रणमा ल्याउन समस्या आयो तर आजभोलि विद्यालय समयमा जङ्गफुड खाने पूर्णरुपमा कमी आउँदै गरेको शुरुमा त साह्रै समस्या देखिएको तर अहिले पत्रु पटकै छोडिएको अवस्था देखिएको कक्षा १० अध्यनरत छात्रा वसन्ती ताम्राकारले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार