• २०७६ असोज ४ शनिबार

अमेरिकाबाट रेमिट्यान्स भित्र्याउन सिटी एक्सप्रेसले गर्यो अमेरिकाको “रेमिट्ली” सँग सम्झौता

काठमाडौँ, 

अमेरिकाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ ।

अमेरिका, युरोप, क्यानडामा रहने नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेसन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजारभन्दा बढी एजेन्ट्सबाट भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।  

उक्त  सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार