• २०७६ भदौ ४ बुधबार

हिंसाबाट बच्न जेल गएकी युवतीको अविश्वसनीय कथा

धेरै मानिसहरूका लागि जेल सजाय अभिशाप हुन्छ, जिन्दगीकै सबैभन्दा बिर्सनलायक क्षण हुन्छ। तर घरेलु हिंसापीडित महिलाहरूले यसलाई अलि फरक रुपमा हेर्नसक्छन्।

न्यायाधीसको जेल पठाउने निर्णयको प्रतीक्षा गरिरहँदा लिली लेविसले हाँसो रोक्न सकिनन्।

त्यो अवस्थामा हाँसउठ्दो कुरा केही थिएन। लिलीको वकिलले उनलाई आठ वर्षको जेल सजाय हुनसक्ने बताएकी थिइन्।

लिलीसँगै बसेकी अर्की महिला आँसु झार्दै आफूलाई डर लागिरहेको भन्दै थिइन्। लिलीले उनलाई सान्त्वना दिने प्रयास गरिन् तर उनलाई थाहा थिएन उनी के कुरासँग डराइरहेकी थिइन्।

बुवालाई स्वर्गमा पठाएको चिठी पुग्यो
अदालत बाहिर लिली गाली र पिटाइसँग अभ्यस्त थिइन्। उनी जेलमा भएका ५७ प्रतिशत महिला झैँ घरेलु हिंसापीडित थिइन्।

उनले दुर्व्यसनबाट निस्केर थुप्रै पटक आत्महत्याको प्रयास गरेकी थिइन्। जेलमा उनी आफूलाई पिट्ने र बलात्कार गर्ने पुरुषबाट सुरक्षित थिइन्।

उनका चारजना बालबच्चा उनीभन्दा टाढा लगिएका थिए त्यसैले उनले जेल सजायबाट गुमाउने कुरा केही थिएन।

मलाई जेल लैजाउ, म तैयार छु
सात वर्ष, न्यायाधीसले उनलाई सजाय सुनाउँदै भने। उनीविरुद्ध धोखाधडीको षडयन्त्र रचेको आरोप थियो। उनले अदालतमा आफू दोषी भएको मानेकोले सजाय केही कम भएको थियो।

लिलीको मुखबाट मुस्कान हराएन। राम्रो व्यवहार देखाए उनी साढे तीन वर्षमा मुक्त हुन सक्थिन् र उनलाई लाग्यो त्यति वर्ष त उनी जेलमा बस्न सक्छिन्।

लिली सन् १९७१ मा मेर्सेसाइडमा तीनजनामा कान्छी छोरीका रुपमा जन्मिएकी थिइन्।

उनको बुवा घानाबाट आएका थिए र उनी प्राथमिक विद्यालयमा पढ्दा एकमात्र मिश्रित अनुहारकी थिइन्। त्यसैले बाल्यकालभर उनलाई आफू फरक भएको अनुभूति भइरह्यो।

सात वर्षको हुँदा उनलाई आफू घर्मपुत्री भएको थाहा भयो। उनले आमालाई आफूलाई जन्म दिने आमाको बारेमा सोध्दा उनले आफूलाई नचाहेको मात्रै थाहा पाइन्। घर्मपिता र घर्ममाताले पनि आफूलाई छोड्ने डरले उनी आतङ्कित बनिन्।

पन्ध्र वर्षको हुँदा उनले रक्सी पिउन सुरु गरिन्। पिउन थालेपछि रोक्न सकिनन्।

उनको थुप्रै प्रेमी बने। उनलाई माया चाहिएको भान हुन्थ्यो र जसले माया देखाउँथ्यो ऊ उनको प्रेमी बन्थ्यो। प्रेमीहरूको पिटाइलाई पनि उनले मायाकै रुपमा ग्रहण गरिन्।

जेलमा उनलाई नयाँ कैदी स्वागत गर्ने काम दिइयो। उनी छिट्टै जेलजीवनमा अभ्यस्त भइन्।

उनी रक्सी र लागूपदार्थबाट टाढा थिइन्। जेल आउँदा उनको तौल ज्यादा थियो तर प्रत्येक दिन व्यायामशाला जान र नियमित खान थालेपछि उनी ठिक्ककी भइन्। जेलमा उनले किताबहरू पढिन् र परीक्षाहरू पास गरिन्।

जेल परेको ६ महिनापछि लिलीले आफूलाई सजाय तोक्ने न्यायाधीसलाई पत्र लेखिन् र उपहारको रूपमा समय दिएकोमा धन्यवाद भनिन्।

उनले लेखिन्,मेरो अनुभवमा जेल अनुभव धेरैका लागि काम गर्दैन तर मेरो लागि राम्रो गरिरहेको छ।

कहिल्यै छाडेन दुर्व्यवहारहरूले
दुर्व्यवहार लिलीको किशोरावस्थादेखिकै सम्बन्धहरूमा एक अंश थियो।

उनको सम्बन्ध भएकाहरूमध्ये एक जना माइकल थिए। एक दिन लिली गर्भवती हुँदा उसले उनलाई भर्‍याङ्बाट खसालीदियो। त्यसको केही घण्टापछि उनी सुत्केरी भइन्।

त्यसको ६ हप्तापछि फेरि पिटाइ शुरु भयो। एकपटक छिमेकीहरूले प्रहरी बोलाए। प्रहरी आउँदा प्राथमिक विद्यालय पढिरहेकी उनकी अर्की छोरीले भनेकी थिइन्, कृपया सहयोग गर्नुहोस्, मेरी आमा मरिन्।

पिट्नेमात्रै होइन्, माइकलले लिलीलाई नियमित बलात्कार गर्थे।

माइकल उनलाई पिटेको आरोपमा जेल गएपछि उनले नयाँ साथी खोजिन्। उसले पिट्दैन थियो तर बन्दुक देखाएर थर्काइरहन्थ्यो।

त्यो र त्यसपछिका सम्बन्धहरूका बीच लिलीले नियमित रक्सी मात्रै होइन, लागू ‍‍‍औषधीपनि लिइन्।

बीस महिना जेलमा बिताएपछि लिलीलाई पुनर्वास योजना अन्तर्गत जेलबाट एकदिन सहर लगियो। उनी सडकपेटीमा हिँडिरहँदा उनलाई सबै वस्तु उज्यालो भान भयो।

पेटीमा त्यसै हिँडिरहँदा भेटिने प्रत्येक मानिसलाई उनले मलाई माफ गर्नुस भनिरहिन्। तर त्यो भनाइको कारण थियो उनीभित्रको उत्साह र खुसी।

उनले छाता किनिन्, अङ्गुर किनिन् र कफी खाँदै एउटा पसलमा बसिन्। एकजनाले उनलाई तिमी राम्री छ्यौ भने, उनले धन्यवाद भनिन्। उनलाई कसैले देखेकोमै खुसी लाग्यो।

त्यो दिन बेलुकी जेल फर्केपछि उनले मन्त्र बनाइन्ः आई लभ लाइफ। आई लभ लाइफ। आई लभ लाइफ। म जीवनलाई माया गर्छु।

त्यसपछि उनलाई काम गर्न जेलबाहिर जान दिइयो। क्रिसमसको दिन साथीहरूले निमन्त्रणा गर्दा उनी रोइन्।

लिलीले घरेलु हिंसाको असरबाट मुक्त हुनका लागि मनोपरामर्शको सहयोग लिन सुरु गरेकी छिन्। छोरीसँगको सम्बन्ध राम्रो बनाएकी छिन् र उनले आफूलाई जन्मदिने आमाबुवा पत्ता लगाउन एकजना सामाजिक कार्यकर्ताको सहयोग लिइरहेकी छिन्।

अन्ततः उनले बाल्यकालदेखि उत्तर पाउन नसकेको आमाबुवाको बारेको प्रश्नको जवाफ पाउने क्रममा छिन्।

उनको जन्मदिने आमाको केही वर्ष अगाडि मृत्यु भएपनि उनको बुवा जिउँदै छन् भन्ने जानकारी उनले पाएकी थिइन्। उनले बुवाको ठेगाना पाएपछि चिठ्ठी लेखेर आफूले नराम्रो नसोचेको तर भेट्न चाहेको बताएकी थिइन्।

त्यसको तीन महिनापछि उनले फोन गरे र मीठो बोलीमा कुरा गरे।

बुवाले लिलीलाई उनकी आमापनि हिंसात्मक सम्बन्धमा रहेको बताए र आफूले उनकी पति जेलमा हुँदा छोटो समयका लागि सम्बन्ध राखेको बताए। पति पनि स्वेत वर्णकै भएकाले मिश्रित बच्चा पाल्न सक्ने अवस्थामा नभएर लिलीलाई छोडिदिएको बताए।

मेरी आमा मजस्तै भएकी रहिछिन्, लिलीले भनिन्। उनी आफ्नो पतिलाई खुसी राख्न चाहन्थिन, जुन म बुझ्छु किनभने मैले जतिसुकै हिंसा सहेरभएपनि त्यहि प्रयास गरेँ।

पहिलो पटक भेट्दा बुवाको हात समातेर उनले आफ्नो जीवनको सबै कहानी भनिन्। उनी रोए र लिलीसँग माफ मागे। उनले लिलीलाई माया गर्छु भने जुन त्यहि शब्द थियो जसलाई बाल्यकालदेखि उनले महसुस गर्न चाहेकी थिइन्।

अर्थपूर्ण जीवन
एक अपरान्ह, लिली हातमा कफी लिएर आफ्नो कार्यालयबाहिर उभिरहेकी छिन्।

उनलाई देख्ने कसैले पनि यत्तिको राम्रोसँग लुगा लगाएकी महिला रातमा जेलमा फर्किन्छिन भनेर सोच्न पनि सक्दैन।

स्वतन्त्रताका लागि अझै लामो समय छ तर उनले अपराध गरेका किशोरकिशोरीहरूका लागि काम गर्न थालेकी छिन्।

त्यसले उनको जीवनलाई अर्थपूर्ण बनाइरहेको छ। उनको छोरीसँगको सम्बन्ध मीठो छ।

तर उनले जेल जीवनमा प्राप्त गरेको सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो जुन उनले अहिलेसम्मको जीवनमा खोजिरहेपनि थाहा पाउन सकेकी थिइनन्ः आत्मसम्मान।

मैले कहिले आफूलाई मन पराइन, उनी भन्छिन् र मुस्कुराउँछिन्: हिले म आफूलाई असाध्यै मन पराउँछु। BBC Nepali

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार