• २०७६ कार्तिक २९ शुक्रबार

संखुवासभामा भिषण पहिरो : थुनियो खोला, एक सयभन्दा धेरै घर जोखिममा

काठमाडौँ,

संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरोले सभाखोला थुनिएको छ । बुधबार दिउँसो वर्षासँगै आएको  पहिरोले सभाखोला हो । 

दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडाको बिचमा रहेको फाक्सीबुकमा ताल बनेको प्रहरीले जनाएको छ । 

करिव सात सय मिटर माथि खेवउरिङ गाउँबाट झरेको पहिरोले सभाखोला थुनिएर ठूलो ताल बनेको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए । पहिरोले खोला थुनीएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको उनको भनाई छ । 

पहिरोले सभाखोला थुनिए पछि तिन सय मिटर लामो ताल बनेको छ । लगातार पानी परिरहेको कारण ताल जुनसुकै बेलामा फुट्नसक्ने अवस्थामा पुगेको छ । बाह्रविसे बजार र खोला किनारमा रहेका १ सय घर जोखिमा परेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार