• २०७६ असोज ४ शनिबार

उद्यमी बन्नेहरुका लागि उद्यमी प्रोत्साहन गोष्ठी हुँदै

काठमाडौँ । 
काठमाडौँमा उद्यमी बन्नेहरूका लागि उद्यमी प्रोत्साहन गोष्ठी सञ्चालन हुने भएको छ । नाम्लो इनोभेसन म्यानेजमेन्टले आउँदो असोज ४ गतेका दिन उद्यमी प्रोत्साहन गोष्ठी गर्न लागेको हो । 

गोष्ठी समारोहमा सहभागी हुनका लागि कुपन्डोलमा रहेको नाम्लो इनोभेसन म्यानेजमेन्टमा सम्पर्क गर्न सकिने त्यहाँका सिइओ डोलन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार सो गोष्ठीमा जम्मा २०० जना सहभागी हुन पाउनेछन् । सामान्य व्यक्तिलाई उद्यमी प्रोत्साहन गर्ने उद्देश्यले यो गोष्ठी समारोह हुने लागेको जनाइएको छ । गोष्ठीबाट धेरै मानिसहरू उद्यमी बन्नेमा पनि  नाम्लो इनोभेसन म्यानेजमेन्ट परिवार विश्वस्त छ ।  

उद्यमी प्रोत्साहन गोष्ठीका लागि विभिन्न ठाउँ व्यापारी तथा अन्य व्यक्तिहरूको सहभागी रहेको सिइओ पौडेलले जानकारी दिए । तालिम प्रदान गर्नका लागि खालिसिसी डटकमकी सिइओ आयुषी केसी, नविल बैङ्कका सिइओ अनिल केसरी शाह, सामाजिक उद्यमी अनिल चित्रकार, लेखक तथा उद्यमी कर्ण शाक्य र भारतबाट कार्तिक मेहतालगायतका आउन लागेका छन् ।  

हाल यो गोष्ठी विशेष काठमाडौँमा मात्रै हुने लागेको हो । यस पश्चात् भने नेपालका विभिन्न ठाउँमा हुने सिइओ पौडेलको भनाई छ । उनले यसपछि जनकपुर, भैरहवा, पोखरा, चितवनलगायतका ठाउँमा हुने बताए । पौडेलले भने– ‘गोष्ठीमा सहभागी जनापछि कुनै पनि व्यक्ति किन सहभागिता जनाएछु भन्ने लाग्ने छैन । यो तालिमबाट जति सहभागी हुनुहुनेछ सबैले फलस्वरूप उद्यमशील बन्ने ज्ञान लिएर जानुहुनेछ ।’  

यो गोष्ठी असोज ४ गते कुपन्डोलमा रहेको होटेल हिमालयमा हुनेछ । सहभागिताका लागि प्रत्येकले २ हजार रुपैयाँ तिर्नुपर्ने जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार