• २०७६ असोज ४ शनिबार

खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण

उदयपुर, 
गरास तेक्वान्दो डोजांगका संस्थापक अध्यक्ष तथा प्रशिक्षक शङ्कर सिंहले कटारी २ का खेलाडीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।

पूर्व जिल्ला खेलकुद सदस्य समेत रहेका सिंहले मङ्गलवार कटारी २ गिद्धबरका खेलाडीहरूलाई २० हजार बराबरको क्रिकेट खेल सामग्री हस्तान्तरण गरिएका हुन् । सिंहले केही दिन अघि मात्र कटारी २ मा फुटबल खेल सामग्री समेत वितरण गरेका थिए । खेलाडीलाई खेल सामग्री अभाव भएको बेला खेल सामग्री हस्तान्तरण गरेको सिंहले बताएका छन् ।

यो मेरो व्यक्तिगत सहयोग हो उनले भने नगरपालिकाले पनि खेलाडीहरूलाई सहयोग गर्नु पर्छ । उनले खेल सामग्रीमा ब्याट, बल, प्याड, विकेट, हेलमेट, फुटबल लगायतका सामग्रीहरू हस्तान्तरण गरेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार