• २०७६ कार्तिक २९ शुक्रबार

बोरिङ चलाउनेले वर्षातकाे पानी सङ्कलन तथा पुनःभरण प्रविधि जडान गर्नुपर्ने

काठमाडौं,

सरकारले काठमाडौं उपत्यकाभित्र भूमिगत पानीको प्रयोग गर्ने संस्थालाई छ महिनाभित्र वर्षात्को पानी सङ्कलन तथा पुनःभरण प्रविधि जडान गर्न निर्देशन दिएको छ । 

भूमिगत जलसतहबाट पानी निकाल्ने तर आकाशको पानी जमिनमा नपठाउने कारणबाट भूमिगत जलस्रोतको दीगोपनमा समस्या देखिन सक्ने जनाउँदै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले छ महिनाभित्र सो प्रविधि जडान गरी जानकारी गराउन निर्देशन दिएको हो । त्यस्तै बोर्डले दुई महिनाभित्र बल्क मिटर जडान गर्नसमेत अनुरोध गरेको छ । 

तोकिएको समयभित्र प्रविधिको जडान नगरिए अनुमतिपत्र रद्द गरी भूमिगत स्रोतको पानी उपयोगमा रोक लगाइने बोर्डले जनाएको छ । 

बोर्डले बिनास्वीकृति काठमाडौं उपत्यकाबाट भूमिगत श्रोतको पानी व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न रोक लगाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार