• २०७६ असोज ४ शनिबार

फिनल्याण्डलाई हराएसँगै इटाली युरोकप छनौट नजिक

इटाली,

इटाली युरोकप–२०२० को छनौट खेलमा इटालीसँग फिनल्याण्ड २–१ ले पराजित भएको छ । आइतबार भएको समूह जे अन्तरगतको खेलमा जोरगिन्होले प्रहार गरेको पेनाल्टीमा गोल गर्दै इटाली विजयी भएको हो ।

इटालीका सिरो इमोबिलले खेलको ५९ औं मिनेटमा गोल गरेका गरेका थिए । त्यस्तै फिनल्याण्डका टिमु पुकीले खेलको ७२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी बराबरी गरेका थिए । बराबरीमा रहेको उक्त खेलको ७९ औं मिनेटमा इटालीका मिडफिल्डर जोरगिन्होले पेनाल्टीमार्फत गोल गरी विजयी भएको हो ।

इटालीलाई चार खेलबाट चार अंक जोडे पुग्नेछ । यो जितसँगै १८ अंक जोडेको इटाली आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार