• २०७६ असोज ४ शनिबार

‘पोई पर्यो काले’को शिर्ष गीतमा सौगात, पूजा, आकाश र श्रृष्टीको छमछमी (भिडियो)

काठमाडौँ, 
कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धर फिचर्ड छन् ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, नृपेश उप्रेतीको शब्द, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘पोइ पर्‍यो काले’ को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ ।

शिशिर राणा यस फिल्मका लेखक तथा निर्देशक हुन् । यसअघि उनले फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार