• २०७६ असोज ४ शनिबार

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

काठमाडौं, 

सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थियाे । फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ । दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए । 

दुधकाे मुल्य शनिबारबाटमात्रै लागू हुने जनाएकाे छ । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार