• २०७६ भदौ ४ बुधबार

विषाक्त मदिराका कारण २० को मृत्यु, कैयौँ बिरामी

भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । 

देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरुले जनाएका छन् । 

उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ । 

“हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,” हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भन्नुभयो । 

उहाँले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिनुभयो । 

उत्तराखण्डको स्थानीय सरकारले १३ जना सरकारी अधिकारी र चार जना प्रहरी अधिकारीलाई निष्कासन गर्न निर्देशन दिएको छ । 

विषाक्त मदिरा सेवनकै कारण उत्तर प्रदेशको सहरानपुरमा भने ६ जनाको मृत्यु भएको छ । त्यहाँ पनि केही उपभोक्ता बिरामी भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । 

संवाददाताका अनुसार मृत्यु भएका वा बिरामी भएकाले स्थानीय पसलबाट लगेको मदिरा सेवन गरेका थिए । 

बिरामी भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान स्थानीय अधिकारीहरुले गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार