झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुन्य दशमलव ४० अंकले बढेर १ हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आज १ सय ६२ कम्पनीका ८ लाख ५६ हजार १ सय ८७ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २२ करोड ६५ लाख २४ हजार ६ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव १९ अंकले बढेर २ सय ५८ दशमलव ६८ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । जसको आज ३ करोड ४२ लाख ३० हजार ५१९ रुपैयाँको शेयर कारोबार भएको छ । आजको नेप्से परिसूचक अनुसार बैंकिङ र उत्पादनमूलक समूह बढेका छन् भने बाँकी सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह २.३८ र उत्पादनमूलक समूह ६.१५ अंकले बढेका छन् ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा मेगा बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु बैंकको पनि ३ दशमलव ०८ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ४५ प्रतिशतले घटेको छ ।

त्यसैगरी झिनो अंकले बजार बढेको दिन होटल समूह ६.७३, विकास बैंक समूह ३.८, जलश्रोत समूह ५.६१, वित्तीय समूह २.२२, निर्जीवन बीमा समूह ५.०९, अन्य समूह १.४५, माइक्रोफाइनान्स ५.९३ र जीवन बीमा समूह १.१८ अंकले घटेका छन् ।

Related posts

Leave a Comment