नेकपाको पार्टी कार्यालयमा पेट्रोल छर्केर आगजनी

बर्दिवास । नेपालको पार्टी कार्यालयमा गएराति आगजनी भएको छ । अज्ञात समूहले बर्दिवास नगरपालिकास्थित नेकपाको पार्टी कार्यालयमा गएराति आगजनी गरेको हो ।

प्रहरीका अनुसार बर्दिबास–९, पशुपतिनगरमा रहेको नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो ।

ईलाका प्रहरी कार्यालय, बर्दिवासका अनुसार सुरजसिंह कुशवाहाको घरमा रहेको पार्टी कार्यालयमा अज्ञात समुहले पेट्रोल छर्केर आगो लगाएको  छ ।

आगोले पार्टी कार्यालयको एक छेउको बाँसको भाग जलेर नष्ट भएको छ भने घरभित्र रहेकोे ज ४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेको क्षति बर्दिवासका डिएसपी नकुल पोखरेलले बताए ।

Related posts

Leave a Comment