नयाँ ऐनका विषयमा झलनाथ खनालले किन भने यस्तो ? (भिडियोसहित)

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले संबिधानको भावना अनुसारको ऐन कानुन बनाउनुपर्ने बताएका छन् । ।

नागरिकता बिद्ययेक बिरुद्ध आन्दोलन समन्वय समितिले सोमबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले केहि ऐन कानुनप्रति टिकाटिप्पणी हुन थालेको भन्दै यसलाई संबिधानको भावना अनुरुप जनतामैत्री बनाउनुपर्नेमा जोड दिए । उनले बिभिन्न ऐनमा देखिएका त्रुटिहरु संसोधनको माध्यमबाट सदनबाट सच्चाईनुपर्ने जिकिर गरे ।

सम्पूर्ण देशलाई निर्देशीत गर्ने नागरिका बिद्ययेक आउनुपर्ने भन्दै उहाले कुनै पनि नेपाली नागरिकताबाट बञ्चिन हुन नहुने र कोहि बिदेशीले नेपाली नागरिकता पाउन नहुने धारणा राखे ।

खनालले मुलुकलाई सास्कृतिक आर्थिक राजनीतिक र सामाजिक प्रक्रिया अघि बढाउन तथा नागरिकता विहीनका बिषयमा संबिधानले देखाएको मार्गदर्शनका आधारमा अघि बढ्नुपर्ने जिकिर गरे । संबिधान कार्यान्वयनको प्रक्रियामा मुलुक अघि गईसकेको भन्दै सबै गम्भीर भएर लाग्नुपर्ने उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिदेशी नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षड्यन्त्रसहित नागरिकतासम्बन्धि विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारसँग माग गरे ।

कार्यक्रममा नागरिकता बिद्ययेक बिरुद्ध आन्दोलन समन्वय समितिले नागरिकता बिद्ययेक राष्ट्रिय हित बिपरितको भएको भन्दै यसलाइ स्थागन गर्नुपर्ने र अधिकार सम्पन्न नागरिकता छानविन आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

Related posts

Leave a Comment