आज नागपञ्चमी मनाइँदै, यसरी सुरु भएको थियो नागपुजाको चलन

शम्भु माली, कपिलबस्तु
घरको चारैतिरबाट गाईको गोबरले दिवालमा लेप लगाई घरको मूलढोका माथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै आज नाग पञ्चमी मनाइरहेका छन । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि नागको चित्र गोबरले टाँसेर गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिने चलन रहेको छ ।

रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले नागहरूप्रति कृतज्ञता ज्ञापन गर्न यसरी पूजाअर्चना गर्ने चलन रहेको जनविश्वास रहेको छ । यस दिन कालीनागको बासस्थान रहेको ठाउँमा विशेष मेला लाग्ने गर्दछ । कालीनाग भनेको गोमन सर्प देखे पछि शुभ हुने भएकोले मन्दिरमा सर्प देखाउने चलन रहेको छ ।

नागपञ्चमी पछि अब बिस्तारै वर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन । आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिन्छ । श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नागदेवता समक्ष पुग्ने जनविश्वास रहेको छ ।

वैदिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती भएको पाइन्छ ।  घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बोमा टाँसिएको नागको चित्रले विषालू जीवहरूबाट परिवारको वर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ । नागपञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ ।

उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्न उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गर्दछन् । उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिँ भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित आइपुग्दछन । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गर्दछन ।

यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् । यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ ।

Related posts

Leave a Comment