नदीमा पुल नहुँदा स्थानीयलाई समस्या

अविरल वर्षासँगै नदीमा पानीको बहाव उच्च भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका ३ खैरेनीमा कुहिरा र काँडा नदीका कारण स्थानीय यो समस्या वर्षौँदेखि भोग्दै आएका छन् । निमार्णाधिन सेती लोकमार्गमा पर्ने रानिकुन्टा नदीमा पुल नहुँदा यहाँका स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको हो । चुरे पहाडबाट बगेर आउने बाढीको पानीले कुहिरा र काँडा नदीमा पानीको बहाव उच्च भएपछि नदी तर्न गाह्रो भएको हो ।
स्थानीयले वर्र्षौैदेखि यो समस्या भोग्दै आएको भए पनि उक्त नदीमा पुल बनाउन कसैले चासो दिएका छैनन् । उक्त बाटो भएर दैनिक ओहोर दोहोर गर्ने स्थानीयसँगै विद्यालयमा पढ्न जाने विद्यार्थी समेत विद्यालय जानबाट वञ्चित भएका छन् । त्यस्तै आपत्कालीन बिरामीलाई अस्पताल लैजान पनि समस्या भएको छ । गाउँमा अस्पताल नभएकोले सामान्य उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नु पर्ने अवस्था छ ।

स्थानीय एक विद्मायर्थीले भने, हामीलाई बर्खामा स्कुल पढ्न सडकपुर बौनिया जान समस्या छ । अलि ठुलो पानी आए बाटोबाटै घर फर्किनु पर्छ । बर्खामा त हामीले राम्ररी पढ्नै पाउँदैनौ ।
स्थानीय निर्वाचन देखि सङ्घ र प्रदेश निर्वाचनमा सबैले यसैलाई मुद्दा बनाएर चुनाव जिते । तर हाल आएर कसैले वास्ता नै गर्दैनन् । स्थानीय भक्त बहादुर बन्तोलाले गुनासो पोखे ।

कुहिरा नदीमा आवाज जावात गर्ने क्रममा एक जना मेरै टोलका स्थानीयको खुट्टा समेत भाँचिएको बन्तोलाले बताए । नदीका कारण बिरामीहरूले समयमै उपचार गर्न सकेका छैनन् ।

वडा नम्बर ३ श्रीलङ्काको टाकुरा हो । यस वडामा पहाडमा पानी प¥यो भने हामीलाई बिरामी र विद्यार्थीको पिर पर्छ भन्छन् टप डल्फिन बोर्डिङ स्कुल खैरेनीका प्रिन्सिपल देव बहादुर बोहरा । उनका अनुसार बौनियाबाट खैरेनीमा पढाउन जाँदा सधैँ बर्खामा त्यही खोलाले छेक्दिदा साना साना नानी बाबुहरू कतै शिक्षाबाट वञ्चित हुने त हैनन् भन्ने चिन्ता लाग्ने गरेको छ ।
नदीमा पुल नबन्दा तल्ला पानी, चाया भावर, मुलेकारा लगायतका ठाउँबाट आउने सर्व साधारण समेत मर्कामा पर्नै गरेका छन् ।
यस विषयमा वडा नम्बर ३ का अध्यक्ष कर्ने सुनारले यो पुल स्थानीय तहले भन् दा पनि सङ्घ वा केन्द्रले बनाउने बताए । उनले भने, केन्द्रको बजेट परेको छ । हामीले यसमा ध्यानआकर्षण पनि गरेका छौ । सेती लाकमार्गसँग जोडिएको यो नदीमा पुल पक्कै बन्छ । उनले केही वर्षभित्रै उक्त नदलीमा पुल बन्नेमा ढुक्क रहन स्थानीयलाई आग्रह गरे ।

Related posts

Leave a Comment