‘नाडा अटो शो’ चौथो दिन जे देखियो (भिडियोसहित)

भृकुटीमण्डपमा जारी नाडा अटो शो आज चौथो दिन पनि जारी रहेको छ । नाडा अटो शोमा अवलोकनकर्ताहरुको राम्रो सहभागिता रहेको थियो ।

अटो शोमा कम्पनीले दिने विभिन्न सुविधा लिएर गाडी किन्नेहरुको बाक्लो भिड छ । गाडी उत्पादक कम्पनीहरुले पनि आफ्नो मुख्य कारोबारको समय भएकाले यस समयमा आफ्ना उपभोक्तालाई लक्षित गरेर नगद छुट सहित विभिन्न योजनालाई प्राथमिकता दिएका छन् ।

यमाहा ब्राण्डका प्रतिनिधि हरिकृष्ण कार्की ग्राहकहरुले आफ्नो सहजता अनुसार आफ्नो ब्राण्डका गाडीहरु खरिद गरिरहेको बताउँछन् ।

महेन्द्रा ब्राण्डका प्रतिनिधि एलिना तामाङ गाडी बुकिङ्को लागि ग्राहकहरु को चाप बढेको बताउँछिन् ।

६ दिनसम्म चल्ने शोमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरू राखिएका छन्। अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरूको सहभागिता रहेको छ।

मेलामा प्रवेश शुल्क २ सय तथा विद्यार्थीहरुका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।

Related posts

Leave a Comment