एक कप कफीको मूल्य २५ लाख, किलो टमाटरको ५० लाख !

तपाईले १ कप कफीलाई कति तिर्नुहुन्छ ? ५०, १०० वा १ सय ५० । तर भेनेजुएलामा १ कप मिल्क कफीको मूल्य सुन्दा तपाईलाई अचम्म लाग्छ । यदपी यो सत्य हो । त्यहाँ एक कप कफीको मूल्य २५ लाख बोलिवार पर्छ । हरेक २६ दिनपछि सामानको मूल्य दुई गुणाले बढिरहेको छ । जुलाई ३१ मा राजधानी कराकसको एउटा क्याफेमा एक कप कफी २५ लाख बोलिवारमा बिक्री भैरहेको थियो । त्यस्तै एक किलो टमाटरको मूल्य ५० लाख बोलिवार रहेको छ ।

भनेजुएलामा महंगाई यति धेरै बढेको छ कि हर २६ दिनपछि सामानको मूल्य दुई गुणाले बढिरहेको छ । केही अर्थशास्त्रीले मिल्क कफीलाई महंगीको प्रतीकसमेत मानेका छन् ।

पाँच हप्ता पहिलेको तुलनामा कफीको मूल्य दुई गुणा बढेको हो । अब त्यहाँको मुद्राको ९५ प्रतिशत अवमूल्यनपछिको अवस्थामा भने २५ सोभरेन बोलिभारमा एक कफी पाइनेछ ।

भेनेजुएलाको सरकारले नयाँ आर्थिक योजनामाफर्त महंगी नियन्त्रण मात्रै होइन, ‘आर्थिक युद्ध’ सँग सामना गर्न पनि सहयोग पुग्ने बताएको छ ।

भेनेजुएलाले ‘साम्राज्यवादी शक्ति’ ले उविरुद्ध आर्थिक युद्ध गरिराखेको बताएको छ । भेनेजुएलामा सेप्टेम्बर १ बाट न्यूनतम पारिश्रमिक ३४ गुणा बढ्ने छ ।

माडुरोले भेनेजुएलाको नोट र नाम नै परिवर्तन गरेका छन् । साथै आठ प्रकारका नयाँ नोट जारी गरिएको छ । नयाँ नोटमा २, ५, १०, २०, ५०, २०० र ५०० का रहेका छन् ।

Related posts

Leave a Comment