पोखराको न्यूरोडमा आगलागी दुई पसल जलेर नष्ट

पोखराको न्यूरोडमा आगलागीबाट झण्डै ३० लाख बराबरको क्षति पुगेको छ । आईतबार राती न्युरोडको एक घरमा भएको आगलागीका कारण उक्त घरसँगै रहेका दुई पसलको ३० लाखको धनमाल जलेर नष्ट भएको हो ।

न्यूरोडको अंकल्स गार्डेनको विपरीत दिशामा रहेको घरमा आगलागी हुँदा नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १५ लाखको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Related posts

Leave a Comment