माथिल्लो तामाकोशीको आईपीओ कात्तिक १५ देखि

माथिल्लो तामाकोशी हाइड्रोपावरले कात्तिक १५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बराबरको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको आईपीओ जारी गरेको हो ।आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।बिक्री प्रबन्धकको काम प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १० प्रतिशत ९१ करोड ५ लाख ९० हजार कित्ता० आइपीओ निष्काशन गरिसकेको छ । स्थानीय बासिन्दाको आइपीओ पनि खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो ।

Related posts

Leave a Comment