मासिक १७ लाख कमाउँदै क्रिकेटर सन्दिप, कसको कमाई कति हेर्नुहोस्

नेपालमा खेलाडीले खेल खेलेर जिवन धान्न गाह्रो भईरहेको भन्ने कुरा चिर्दै केहि खेलाडीहरु मनग्य आम्दानी गर्न थालेका छन् ।समकालीन नेपाली खेलाडीहरुमा सर्वाधिक कमाइ गर्ने खेलाडीमा सन्दीप अग्र पंक्तिमा छन् । उनले ६ महिनामै करोडभन्दा बढी कमाएका छन् । विदेशी लिगहरुमा खेल्दा सन्दीपले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब–सुविधा यसमा जोडिएको छैन । यसरी हेर्दा उनले मासिक १७ लाख जपत कमाउने गरेका छन् ।

क्रिकेटर पारस खड्काको कमाइ पनि राम्रै छ । उनले कुनै महिना १० लाख रुपैयाँसम्म आर्जन गर्ने गरेको नयाँ पत्रिकालाई बताएका छन् । विमल घर्तीको मासिक आम्दानी १ लाख हुन्छ भने गोलकिपर किरण चेम्जोङ ३ लाखसम्म बनाउँछन् ।

फुटबलर रोहित चन्दले मासिक ५ लाख कमाउँछन् भने टीटी खेलाडी नविता श्रेष्ठको मासिक आम्दानी ८० हजारसम्म हुन्छ । फुटबलर विराज महर्जन, विक्रम लामा, र सुजल श्रेष्ठको कमाइ बराबर जस्तै छ । उनीहरूले नयाँ पत्रिकासँग मासिक १ लाख कमाउने गरेको बताएका छन् ।क्रिकेटर शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी र सोमपाल कामीले पनि मासिक आम्दानी १ लाख हाराहारीमा गर्ने गरेका छन् ।

Related posts

Leave a Comment