मलेसियामा विषाक्त मदिराले ६ नेपालीको मृत्यु, ७ जना पक्राउ(सूचीसहित)

मलेसियामा विषाक्त रक्सी सेवनपछि मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । क्वालाम्पुरस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेहरूमा बसेरी–३ धादिङका मिमबहादुर घले, मसिना–६ रुपन्देहीका रामकुमार यादव, अमरगढी–५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९ सुनसरीका संजय उराव, सिद्दिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना खुल्न नसकेका आइतसिङ गोले छन्।

विषाक्त मदिरा सेवनबाट १६ नेपाली बिरामी परेका छन्। तीमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको उपचार जारी छ।
यसैबीच प्रहरीले अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिएको छ । होटेलमा सँगै मदिरा पिउने र होटेल सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत रुपमा अनुसन्धान गरिरहेको मलेसियन प्रहरीको भनाई छ ।

Related posts

Leave a Comment