कैलालीको लम्कीमा सांगितिक महोत्सव हुने

कैलालीको लम्कीमा लम्की सांगितिक महोत्सव २०७५ हुने भएको छ । ” स्वाथ्य, शिक्षा, सुचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज लम्कीको आयोजनामा उक्त महोत्शव हुने भएको हो ।


रेडियोको स्तरउन्नतीका साथै कला, संस्कृति, पर्यटन विकासको प्रर्बद्धन् एवम् प्रचार प्रसारका साथै स्वाथ्य, शिक्षा र कृर्षि क्षेत्रमा सुधारका लागि समबन्धीत पक्षको ध्यानाकर्ण गराउने महोत्सवको मुख्य उद्देश्य रहेको सामुदायिक रेडियो पश्चिम आवाजका सञ्चालक समितिका अध्यक्ष समेत रहेका लम्की सांगितिक महोत्सव २०७५ का मुल आयोजक समितिका संयोजक बुद्धिप्रसाद खनाल वीपीले जानकारी दिए ।


१० दिन सम्म चल्ने महोत्सवमा रमाइलो मेला, बाल उधान, स्थानीय कृषि उत्पादन प्रदर्शनी, ब्यावसायिक सामग्रीहरुको प्रदर्शनी, जनजाती तथा आदिवासी समुदायको रहनसहन भेषभुषाको प्रस्तुति, स्थानीय स्तरमा निर्माण गरिएका हस्तकला सम्बन्धी सामग्रीहरुको प्रदर्शनी, कृषि विज्ञहरुबाट किसानहरुलाई तालिमको व्यवस्था, साना उद्योगह्ररुबाट महोत्सव स्थलमा उत्पादनको नमुना, सिपमुलक व्यवसाय सम्बन्धी परामर्स लिन पाईने खनालले जानकारी दिए । साथै राष्ट्रिय तथा स्थानीय कला प्रस्तुति रहने महोत्सवका सचिवालय निर्देशक दिपक कुमार तिमिल्सैनाले बताए। यस महोत्सवलाई करिब ३ लाख देखी ४ लाख सम्म अवलोकन कर्ताहरुले अवलोकन गर्ने बताउदै निर्देशक तिमिल्सैनाले महोत्सव बाट बचत भएको रकम यस क्षेत्रमा रहेको सार्बजनीक सम्पती सामुदायिक रेडियोको स्तरउन्नतीका साथै सामाजिक उतरदाईत्व अन्तरगत केहि संस्कृति संरक्षण र शिक्षा क्षेत्रमा समेत सहयोग गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवमा कैलाली, कंचनपुर, डडेल्धुरा, बर्दिया, बा“के, सुर्खेत, अछाम लगायत भारतको उत्तर प्रदेश र उत्तराञ्चल राज्यका स्थानीय, किसान, व्यपारी, व्यावसायी, विद्यार्थी, लगायत विभिन्न संघ संस्था तथा अनुसन्धान कर्ताहरुको सहभागि हुने छन ।
महोत्सवमा करीब १ सय देखि १ सय ५० सम्म बिभिन्न ब्यावसायिक तथा ब्यापारीक एवम कलासंस्कृति झल्कने स्टलहरु रहने आयोजक मुल समितिले जनाएको छ । साथै महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

Related posts

Leave a Comment