माछापुच्छ्रे बैंकको सुपर एजेण्टमा जिएमई रेमिट

माछापुच्छ्रे बैंकले जिएमई रेमिटलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पश्चात एमबिएल रेमिटको भुक्तानी जिएमई को ७००० भन्दा बढी एजेण्टहरु बाट हुनुका साथ जिएमई को भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श् सुमन शर्मा र जिएमई जिएमई रेमिटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरेको बैक द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्ने बताएको छ  । एमबिएल रेमिटमार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जिएमई का एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने जनाएको छ ।

Related posts

Leave a Comment