लोकप्रिय मःम रोगप्रिय, राँगा भैँसी काट्ने बधशालामा किरै-किरा (भिडियो सहित)

विमल खड्का । नवराज श्रेष्ठ टिभी अन्नपूर्ण

हामी नेपालीहरूको एउटा परिचित बानी जस्तै छ । होटल, रेष्टुराँजाने, मेनु सबै हेर्ने अन्तिम मामःम नै अर्डर गर्ने । हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं ।पछिल्ला वर्षमा मःम लोकप्रिय खाजा बन्दै गएको छ । मःम मध्ये पनि नेपालीहरूको रोजाइमा बफ अर्थात् भैँसीको मःम पहिलो रोजाइमा पर्छ ।खाजाको रूपमा मःमः धेरै खानु पनि स्वास्थ्यमा त्यत्ति राम्रो मानिंदैन । तर, मानिसहरू खाजाको रूपमा मःम नै विशेषगरी खान मन पराइरहेका हुन्छन् । होटल, रेस्टुरेन्टहरू तथा बाहिर सडक नजिकै काक्याफेहरुमा मःमःखानेहरुको भीड जहिल्यै लाग्छ । तर,अधिंकासलाई म.मःखाँदा शारीरिक रूपमा के असर पर्छ भन्ने कुरा थाहा पक्कै छैन । किनकि मःमका लागि चाहिने मासु कति स्वस्थ छ भन्ने हेक्का मानिसहरूलाई हुँदैन ।

कसरी बन्छ मःम?

मःम बनाउने मानिसहरुको आआफ्नै तरिकाहरु छन् । काठमाडौँका अधिकांश होटल रेस्टुरेन्टका संचालकहरुले आफ्नै तरिकाले मःम तयार पार्ने गरेको भेटिएको छ । मासु बजार बाट ल्याइ मेसिनमा हालेर किमा बनाइमःम बनाउने चलन छ । काठमाडौँको सडक किनारका ठुलादेखि तारे होटलसम्म पाइने खाजा हो मःम । सर्वसाधारण देखि भिआइपी सम्म यसका पारखी छन् । थरीथरीका मःमको मात्रै दैनिक करोडौंको कारोबार हुन्छ।

मःमलोकप्रिय छ तर ..

काठमाडौँका विभिन्न होटल रेष्टुरेन्ट तथा क्याफेहरूमा दैनिकजसो म.मःको व्यापार आक्रामक तरिकाले हुने गरेको छ ।राजधानीका अधिकांशहोटल रेस्टुरेन्टमा दिउँसो खाजाखाने समयमा मानिसहरूको भीड नै लागेको हुन्छ । ग्राहकहरूले आफ्नो रुचिअनुसारको म.मःखाने गरेको पाइन्छ । कतिले बफमःम मन पराउछन भने कतिले चिकन र भेज । आज भोलिचिकेन भन्दाबफ ममः बढी बिक्रीहुने गरेको मःम बेच्नेहरु बताउँछन् ।

यसरी मःमबिक्रीगर्नेले बिक्री गरेकै छन् भने खानेले पनिखाएकै छन् । तर यसरी बिक्रीहुने मःममाप्रयोग हुने मासु भने कतिको स्वस्थ्यकर छ भन्ने सबैले जान्नुपर्ने बिषयहो ।
उपत्यकामा दैनिकहजारौँको सङ्ख्यामा रागा भैसीहरु भित्रने गर्दछन् । दैनिकजसो राँगा भैँसी काट्नेठाँउभने फोहोर र दुर्घन्धित रहँदै आएको छ । आधुनिक बधशालाको अभावमा पैसा कमाउने लोभमाएकदमै अस्तव्यस्त र फोहोर बधशालाकै कारण मासु सफाहुने गरेको छैन । मःमका लागिल्याइने राँगा भैँसीको मासु काट्ने ठाउँ नै फोहोर भएपछि मासु कतिको शुद्धहोला । यसले आम मानिसका लागि स्वास्थ्यमा के असर गर्दछ होला । आज सम्म कसैले नखोजेको विषय हो ।
दैनिककति रुपैयाँको म.मःबिक्री हुन्छ ?
राजधानी तथा अन्य सहरहरूमा बढी मात्रामाबिक्रीहुने भनेको बफ म.मःहो । त्यो सँगै चिकेन मम र भेज म.मः बजारमा बिक्रिहुने गर्दछ । राजधानीमा दैनिक यति रुपैयाँको कामरोबार हुन्छ भन्ने एकीन नभएपनि डेढ करोड बराबरको मःम बिक्रिहुने गरेको बताइन्छ । यसरी हेर्दा एक महिनामा ४५ करोड बराबरको मःमःको बिक्रीहुने गरेको छ ।
के असर गर्दछ मःम खानाले?
मःमःबनाउन प्रयोग गरिने मैदा तथा त्यस भित्रिहाल्ने किमाले मानिसको जीवनमा धेरै असर गर्ने विज्ञहरु बताउँछन् । मैदाको मात्र बढी भएको मःमले मानिसलाई ग्यास्ट्रिक सुगर तथामोटोपन बढाउने डाक्टरहरू बताउँछन् ।
ममःखानाले मानिसहरूको हड्डी तथा मांसपेशीहरूमा नकारात्मक असर पुर्‍याउने स्वास्थ्य विभागमा कारर्यरत डा. बिमल गौतमले बताए । सडेगलेको मःमले मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्दछ । तपाईंआफैं आकलन गर्नुहोस् कुनै होटलको मःमखाँदा रातभर ट्वाईलेकै बास बस्नु परेको पनिहुन सक्छ । यसरी खाजाको रुपमाप्रयोग गर्दे आएको म.मः कसैलाई हस्पिटलकै बास पनि गराएकै होला? बजारमाचिकेन बफ र भेज ममहरुको गुणस्तर मापन नगरी खाँदा मानिसिको स्वास्थ्यमा गम्भीर प्रकारका समस्याहुने गरेको छ ।
भैँसी राँगाको काट्ने बधशालमाकिरै किरा ?

राँगा भैँसीको मासु कुहिएको र सडेको पाइएको छ । उपत्यकामा दैनिक ८ सय देखि १ हजार वटासम्म राँगा भैँसीको मासु खपतहुने ठाउँमा यस्तो भेटिएको हो । दैनिकजसो प्रयोग हुने मासु यसरी बेचिँदै आएको पाइएको हो । तर, बजारमा यस्तो फोहोर वधशालामा काटेको र कुहिएको मासु हामीलेखाइरहेका छौँ ।तर, यो मासु कसरी आइरहेको छ । हामीलाई सोच्ने फुर्सद नै छैन । अर्कोतिर काठमाडौँमा धेरै परिणाममा दैनिक बिक्रीहुने मासु कसरी र कस्तो अवस्थामा तयार गरिन्छ भनेर धेरैलाई थाहानहुन सक्छ । बिहान २ बजे नबज्दै बन्द सटर भित्र वधशालाका कर्मचारीले आफुखुसी मासु काट्ने गरेको पाइएको छ । काठमाडौँका कुनै पनि वधशालामा वरिपरि पुग्दानाकै पोल्ने दुर्गन्धले पनि थाहा हुन्छ की वधशालाहरू कसरी चलाइएका छन् भनेर ।  यसरी फोहोर र दुर्गन्धमा वधशाला चलाइरहेको भेटिएको गुनासो बढेपछि सरकारी निकायबाट पटकपटक निरीक्षणका लागिमन्त्रीहरु पुगेका छन् । कर्मचारीहरूले अनुगमन गरेका छन् । तर, न मन्त्रीको निरीक्षणले कुनै नतिजा निकालेको छ न त कर्मचारीहरूको अनुगमनले नै वधशालालाई सुधारको छ ।

विभिन्न ठाउँमा सञ्चालनमा आएका वधशालाहरूको हरिबिजोग पनि उस्तै छ । भैँसी काट्ने वधशाला फोहरमात्रै छैन, सामान्य मापदण्ड पनि पूरा गरेका छैनन् । वधशालाभित्र राखिएको मासु कुहिएको छ भने कतै झिंगाभन्केर खानै नहुने पाइएको हो । यसको एक उदाहरणका रूपमा टेकु नजिकै रामघाटको क्वालिटी फ्रेस मासु सेन्टरमा दैनिक ९÷१० वटा सम्म भैँसी काट्ने गरेको त्यहाँका कामदार कर्मचारी बताउँछन् । रातीदेखिनै मासु काट्न व्यस्त कर्मचारीहरूले मासु काटेपछि त्यहाँवरिपरी सफा नगरेको भेटिएको हो ।राँगाभैँसी काटेपछि त्यहाँबाट निस्केको फोहोर नै बाहिर नपठाएर त्यही थुपारेको भेटिएको हो । राँगा भैँसीको हाड छाला तथा सिङहरू लापरबाही रूपमा फाल्दा वधशाला वरिपरिका बस्ती नै दुर्गन्ध भइरहेको छ ।

स्थानीय नारायण शाहीको आफ्नै गुनासो छ । मासु काट्ने व्यवसायीहरूले आफ्नै जग्गामा वधशाला चलाएकोले स्थानीयहरू दुर्गन्ध फैलिंदा गुनासो गर्छन् तर, उनीहरूको भनाइको कुनै सुनुवाइ हुँदैन । वडा तथा नगरपालिकामा यसरी दुर्गन्ध बढेको भनेर गुनासो टिपाउने गरे पनिकुनै सुनुवाइ हुँदैन । पशुहरूको सडेगलेको मासु तथा हाडजन्य फोहोरले बस्ती नै दुर्गन्धित हुँदै आएको उनी बताउँछन् । सोही ठाउँ नजिकै रहेको हयूमत सामुदायिकपशु बधस्थलतथा क्वालटी मासु सेन्टरमा यस्तो देखिएको हो ।जथाभाबी रूपमा वधशाला चलाउने, वधशाला नजिकै कर्मचारीले प्रयोग गर्ने ट्वाइलेट र जथाभाबी फालिने फोहोर कुहिएको मासु, हाडजन्य फोहोरले झन् बढी दुर्घन्धमात्र फैलाएको छैन । बजारमा बेच्न पठाइने गरिएको मासुसमेत फोहोर हुने गरेको छ । तर, यसरी फोहोर भइरहेको विषयमा राज्यको संयन्त्रले कहिल्यै पनि प्रभावकारी रूपमा जाँचबुझ गर्ने गरेको पाइएको छैन । साथै, यसरी कुहिएको मासु तथाफोहोरमासुले मानिसको स्वास्थ्यमा समेत असर गर्छ । तर, हामी बजारमा निस्कँदै गर्दा हरेक दिनमःम, छोइला, सेकुवा सहितका मासुजन्य परिकार खाँदा यस्ता विषय माध्यान दिन्नौँ ।

हेनुहोस् यो भिडियो

कस्ले खान्छ दैनिक ८ सय भैसीको म.म. काठमाडौंमा ? के यो स्वास्थ्यका लागी ठिक छ ?

 

Related posts

Leave a Comment