विद्यालयका लेखा सहायक ४५ हजार घुससहित रंगेहात पक्राउ

रौतहट ।
गौरस्थित जुद्ध उच्च माध्यामिक विद्यालयका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले ठाकुरलाई पक्राउ गरेको हो ।
विद्यालयको भवन निर्माण गरिरहेको निर्माण कम्पनीबाट ठाकुरले घुस लिएको बुझिएको छ । उनले निर्माण कम्पनीसँग पटकपटक घुस मागेको सूचनाका पाएपछि अख्तियारले निगरानी गरेको थियो ।

पक्राउ परेका ठाकुर प्राविका तहका शिक्षक हुन् । तर, हालसालै उनले सहायक लेखाका रुपमा काम गरिरहेका थिए ।

Related posts

Leave a Comment