कलेजमा बातसँगैं लात चलाउनेको कथा (भिडियोसहित )

तुल्सी अर्याल ,टिभी अन्नपूर्ण ।

काठमाडौंका कलेजमा विद्यार्थीहरुलाई तह लगाउने डि आईहरु छन् । हुनत उनिहरुका काम बिद्यार्थीलाई अनुशासन सिकाउने हो । तर अनुशासनका लागी बातले नपुगे लात उठाउने गर्दछन। यसकारण डिआईलाई धेरैले कलेज बाउन्सरकै रुपमा चिन्छन । हुनत सिकाईको विश्वव्यापी मान्यतामा पछिल्लो समय त्रासबिनाको सिकाईलाई महत्व दिन थालिएको छ । तर अहिले पनि काठमाण्डौका दर्जन बढि कलेजमा डिआईका रुपमा बात सँगै लात उठाउने डिआईले बिद्यार्थीलाई अनुशासन सिकाउने गरेका छन ।

काठमाडौँ मध्य बानेश्नर स्थित ग्लोबल कलेजमा विद्यार्थीलाई अनुशासनमा राख्ने जिम्मा प्रेम कृष्ण श्रेष्ठले पाएका छन् । कलेजका अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्चार्ज हुन् उनी, त्यसैले अभिनेताले जस्तै अभिनय गररिहनु पर्छ भन्छन् “कलेजमा अनेक खाले विद्यार्थी हुन्छन् । उनिहरुका व्यवहार हेरेर डीआईले आवस्याक सबै हर्कत गर्नुपर्छ।

बिद्यार्थीले कलेज बाहिर जस्तोसुकै गतिविधी गरेपनि कलेज प्रवेश गर्दा कलेजका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने श्रेष्ठको नियम छ । केटाहरुले बाइक प्रयोग गर्न नपाउने,केटीहरुले नङ पाल्न, कपाल छोड्न, लिपिस्टिक लगायत श्रृगारका सामाग्री प्रयोग गर्न नपाउने पेन्टागनको नियम छ ।

काठमाडौँका अधिकांश निजी कलेजका बिद्यार्थीको अनुशासन अहिले श्रेष्ठजस्तै जस्तै डीआईकै हातमा छ। झट्ट हेर्दा कलेजमा डिआई किन भन्ने लागे पनि पछिल्लो समयका बिद्यार्थीका दैनिक गतिबिधी नियाल्न पाउनेले भने उनीहरूको महत्व राम्ररी बुझ्दछ । बसुन्धराको मोर्गन कलेजका क्यान्टिन संचालक उत्तम पाण्डे भन्छन “डीआईबिनाका कलेज सरकारीझैँ लाग्छन् न नियम छ न अनुशासन । डिआई नहुनुको सबैभन्दा बढि पीडा हामी क्यान्टिन चलाउनेले खेप्नुपर्छ ।

भर्खर कडा अनुशासनकाबीच बिद्यालय तहको पढाई पुरा गरेका विद्यार्थीलाई थप अनुशासित बनाउनु चुनौतीपूर्ण काम हो । “डीआई बातदेखि लातसम्म चलाउन सक्ने हुनुपर्छ,“ “नत्र विद्यार्थीले गन्न छाड्छन् र डीआई हुनुको अर्थ नै हराउँछ।“ त्यसैले झट्ट हेर्दा कडा स्वभावको व्यक्तित्व भएका व्यक्ति नै यस्तो काममा खटिएका भेटिन्छन्।

पेन्टागन इन्टरनेश्नल कलेज तिनकुनेका प्रध्यापक थानेश्वर बस्यालसँग अनुभव छ, प्रेमको विषयले समेत कलेजहरूमा विविध समस्या निम्तिने गरेका छन्। यस्तै एउटा घटना सम्झन्छन् थानेश्वर, “कलेजका दुई छात्राबीच एकपटक कुटाकुटसम्म भयो। पछि कारण बुझ्दा थाहाभयो, दुवैले मन पराएका केटो एउटै रहेछ । यस्तो घटना केटाहरूको हकमा झन् उग्र रूपमा हुने गर्छ। यस्ता थुप्रै घटनासँग जुधिरहँदा थानेश्वरलाई दिनप्रतिदिन यो पेसा झन्झन् संवेदनशील लाग्न थालेको छ ।

विद्यार्थीलाई थोरै थर्काउँदा वा सम्झाउँदा कलेजमा त उनीहरू केही बोल्दैनन् तर कलेज बाहिर उनीहरू ’शेर’ बन्न थाल्छन्। डीआई रूखो र कडा मात्र भएर पनि चल्दैन अचेल। कलेजमा त्यस्ता थुप्रै विद्यार्थी हुन्छन् जो कहिल्यै बदमासी गर्दैनन् साथीसँग पनि कम नै घुलमिल हुन्छन्। तर, परीक्षाको नतिजामा उनीहरूको प्रदर्शन कमजोर देखिन्छ। त्यस्ता’लो प्रोफाइल’मा बस्ने विद्यार्थी पनि थुप्रै अवस्थामा कुलतमा फस्नेजस्ता अनेकन् समस्याले जेलिएका हुन्छन्। बस्याल भन्छन्“त्यस्तालाई डर होइन, मायाको अस्त्रले बढी काम गर्छ ।“ त्यसैले उनी डीआई विद्यार्थीका लागि कलेज जीवनको सच्चा अभिभावक हुनुपर्ने ठान्छन् । कलेजमा हरेक विद्यार्थीलाई नजिकबाट चिन्ने भनेका डीआई नै हुन्। सायद उनीहरूलाई मात्रै कलेजका अधिकांशको नाम थाहा हुन्छ। मुकुन्द भन्छन्“उनीहरूका बानी, बेहोरा, हाजिरी र परीक्षाको नतिजा जस्ता चौतर्फी कोणबाट उनीहरूको मूल्यांकन हुन्छ।“

कराँतेका प्रशिक्षक समेत रहेका तीनकुने स्थित भि एस् निकेतन कलेजका डीआई सन्दिप नकर्मीेको अनुभव छ, “विद्यार्थीको उमेर नै त्यस्तो भएर होला, शैक्षिक सत्र सुरु भएदेखि अन्त्यसम्म नै अनुशासनका नियम दोर्होयाइ रहनुपर्छ।“ डीआईका आग्रह माने जस्तो गर्नेले समेत मौका मिल्ना साथ आँखा छल्ने गरेको उनको अनुभव छ।त्यसैले उनको हरेक बिहानको एक घन्टा विद्यार्थीको लुगा, कपाल र गरगहनामा नजर लगाउँदैमा बित्छ। यद्यपि, डीआईहरू सितिमिति कुटि हाल्ने कामचाहिँ गर्दैनन्। अधिकांश विद्यार्थीलाई तह लगाउनका लागि बोली नै पर्याप्त हुने उनको भनाइ छ । परिस्थति बुझेर मात्र निर्णय लिनुपर्नेमा डीआईहरू स्पष्ट देखिन्छन्। जस्तो : काठमाडौँको ट्राफिक जामले गर्दा विद्यार्थी ढिलो कलेज आएको हुन सक्छ। उसले बहाना बनाएको पनिहुन सक्छ। नकर्मी थप्छन्“हामीले बडो चलाखीपूर्वक वास्तविकता पत्ता लगाउनुपर्छ।

डीआईको आँखामा विद्यार्थी मात्र पर्छन् भन्ने छैन। शिक्षकले समेत आफ्नो उत्तर दायित्व पूर्ण रूपमा निभाएका छन् कि छैनन् भनेर जाँच्ने काम पनि प्रायःउनीहरूकै जिम्मामा हुन्छ। “शिक्षा आर्जन गर्ने थलोको वातावरण बिगार्न सक्ने हरेक कुरामा उनीहरुको आँखा पुग्छ ।
कामै विद्यार्थीलाई तह लगाउने। त्यसैले डीआई निकै कम विद्यार्थीका मात्र प्रिय हुन्छन्। तै पनि, कुनै गुनासो गर्दैनन् उनीहरू। “यी सब उनीहरूकै भलाइका लागि गरेको भन्ने हेक्का उनीहरूले पछि मात्र पाउँछन्,“ “उनीहरूले मन पराउँदैनन् भन्दैमा हामी प्रतिशोधको भावना कहिल्यै लिँदैनौँ। त्यो उमेरमा हामीलाई पनि त्यस्तै लाग्थ्यो।“ अझ रमाइलो कुरा त कुनै दिन डीआई कलेज आएनन् भने एकखाले उत्सव जस्तो विशेष दिन हुन्छ, विद्यार्थीहरूका लागि।

डीआईहरूका अनुभवमा पहिलेपहिले ज्ञान आर्जनको एक मात्र स्रोत शिक्षक हुने हुँदा विद्यार्थी एकपटक भन्दैमा मान्थे शिक्षकको सम्मान गर्थे,शिक्षकसँग डराउने गर्थे तर, पछिल्लो समयमा इन्टरनेट लगायत प्रविधिको विकासले मानिसमा आफू कोहीभन्दा कम नभएको बोध गराएको छ ।अहिले उनीहरुमा सानोतिनो कुरामा समेत प्रतिशोधको भावना विकसित हुँदै गएको छ। फलस्वरूप कलेजभित्रै वा बाहिर डीआईमाथि हमला गर्नेदेखि विद्यार्थीहरू सामूहिक रूपमै प्रतिरोधमा उत्रने घटनासमेत हुनथालेका छन्।

 

 

Related posts

Leave a Comment