कुमारी र ज्योति विकास बीच रेमिटेन्स सम्झौता

कुमारी बैङ्क लिमिटेड र ज्योति विकास बैङ्क लिमिटेड बीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैङ्कका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश सिह भण्डारी र ज्योति विकास बैङ्क लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैङ्क द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कुमारी बैङ्क को रेमिटेन्स सेवा “कुमारी रेमिट” ज्योति विकास बैङ्कका ६० शाखाबाट र ज्योति विकास बैङ्कले हालै सञ्चालनमा ल्याएको “ज्योति रेमिट” सेवा कुमारी बैङ्कका ८४ शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने बताएको छ ।

Related posts

Leave a Comment