कोरिया जाने कामदारको स्वास्थ्य परिक्षण शुरु भयो

कोरिया जाने कामदारहरुको लागि स्वास्थ्य परिक्षण शुरु भएको छ। सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण सोमबारबाट शुरु गरिएको हो। स्वास्थ्य परीक्षण काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ। शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा उनिहरुको स्वास्थ्य परीक्षण हुनेछ। स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले यहि भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन्। आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने इपिएस कोरिया शाखाले जनाएको छ। यो वर्ष ७ हजार ९९६ जना भाषा परिक्षा पास भएका छन्।

Related posts

Leave a Comment