भेडाहा खोलामा ३५ बर्ष तामाङ मृत फेला

वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकामा एक युवकको शव फेला परेको छ । पर्साको पर्सागढी नगरपलिका ३ झबराह बस्ने ३५ बर्षका फूर्वा तामाङ मृत भेटिएका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ३१ सोलखपुरस्थित भेडाहा खोला किनारमा उनको शव भेटिएको थियो । सबैया साझेदारी वन क्षेत्रमा पर्ने त्यस स्थानमा उनको के कारणले मृत्यु भएको खुल्न सकेको छैन ।

जिल्ला प्रहरी प्रमुख एसपी रेवती ढकालले शव फेला परेको पुष्टी गरे । ‘खोलाको किनारमा तामाङको शव फेला परेको छ । टाउकोमा सानो चोट लागेको रहेछ, तर त्यसकै कारण मृत्यु हुन सक्ने अवस्था छैन’ उनले भने ‘पोष्टमार्टम रिपोर्ट आएपछि केहि तथ्य खुल्छ होला ।’

शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ ।

Related posts

Leave a Comment