किमो लिएपछि सोनालीको टाउको मुडुलो

अमेरिकामा हाइ ग्रेड क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेकी छन् । यो तस्वीर उनका फ्यानहरुलाई झसङ्ग बनाउने खालको छ । तस्वीरमा सोनालीको टाउको पूरै मुडुलो देखिन्छ । केही दिनअघि उनले सैलुनमा पुगेर कपाल छोट्याएकी थिइन् । अहिले सम्भवतः किमो लिइरहेको कारणले उनको छोटो कपाल पनि सबै झरेको हुनुपर्छ ।

सोनालीको अनुहारमा मुस्कान भने टुटेको छैन । तस्वीरमा उनी खुशी नै देखिन्छन् । यो तस्वीर बलिउड अभिनेता ऋतिक रोशनले खिचेका हुन् । उनी आफ्नी पूर्वपत्नी सुजैनसहित सोनालीलाई भेट्न अस्पताल पुगेका थिए । उनीहरुसँगै फिल्म ‘स्वदेश’ कि अभिनेत्री गायत्री पनि पुगेकी थिइन् । तस्वीरमा सोनालीसँग गायत्री र सुजैन देखिएका छन् ।

तस्वीर सेयर गर्दै सोनालीले लेखेकी छन्, ‘बाल्ड इज ब्यूटिफुल ।’ साथै उनले आफ्नो मनको भावनासमेत अभिव्यक्त गरेकी छन् ।
‘यो म हुँ र यो क्षणमा म खुशी छु । मानिसहरु मलाई देखेर अनौठो प्रतिक्रिया दिइरहेका छन् । यतिबेला मलाई सबैतिरबाट एटेन्सन प्राप्त भइरहेको छ । म हरेक पल खुशी रहने कारण खोजी गरिरहेकी छु,’ सोनालीले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘मलाई थाहा छ कि यो समय दर्दनाक छ र मेरो शरीरमा इनर्जि पनि कम छ । तर, म ती सबै कुरा गरिरहेकी छु जे म गर्न चाहन्छु । म आफ्ना साथीहरुप्रति आभारी छु जसले बलियोसँग मलाई साथ दिइरहेका छन् । मलाई एक छिन पनि एक्लो महसुस गर्न दिएका छैनन्

Related posts

Leave a Comment