पूर्व राजदुत झा आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा फेला

फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा घरमा मृत्त अवस्थामा फेला परेका छन् ।
काठमाण्डौको बबरमहलमा रहेको घरमा घाँटी रेटिएको अवस्थामा फेला परेका झा भेटिएको रुपमा एकथान चक्कु समेत  छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाका अनुसार बिहान अबेरसम्म कोठा नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
परिवारले दिएको सुचनाका आधारमा प्रहरीले ढोका खोल्दा बित्सभ दृश्य देखिएको लामाले बताए ।

८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।

घटना कसरी घट्यो भन्नेबारे भने प्रहरीले अहिलेसम्म अनुमान लगाउन सकेको छैन । यसबारे अनुसन्धान भईरहेकाले तत्काल यहि नै हो भन्न नसक्ने अवस्था रहेको एसपी लामाले बताएका छन ।

Related posts

Leave a Comment