५ महिनामा ५ हजार दुर्घटना भएको काठमाण्डौ उपत्यकाको पुल (भिडियो सहित)

राजकुमार विष्ट / नवराज श्रेष्ठ ।

काठमाडौँ भित्रै दैनिक सयौ सवारी साधान ओहोरदोहोर गर्ने एउटा पुलको गएको ५ महिनादेखी हरिबिजोग छ ।काठमाण्डौं महानगरपालिका वडा नं ८ जयबागेश्वरी स्थित बागमति खोलाको पुलमा ठेकेदारको लापरबाही र सरकारी निकायको बेवास्ताका कारण हजारौै सवारी साधन त्यसका यात्रुले सास्ती भोग्दै आएका छन ।

गएको पाँच महिनादेखी दैनिक हजारौ सवारी ओहोरदोहोर गर्ने पुल यस्तो अवस्थाका कारण पाँच हजार भन्दा बढी सवारी एकै स्थानमा दुर्घटनामा परेका छन । चावहिल बाट गोठाटार र पेप्सीकोला क्षेत्र जाने यो पुल निर्माण गर्दा ठेकेदार कम्पनी र सडक विभागको गम्भीर लापरबाहीका कारण यस्तो सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ । हरेक दिन आफ्नो कामका लागी अनिवार्य सोही बाटो हिड्नुपर्ने ५ हजार सवारी साधन सोही स्थानमा दुर्घटनामा परेको उनिहरुको अनुमान छ । जसमध्ये एकै स्थानमा दैनिक ३० देखि ५० मोटरसाइकल ढल्ने तथा ५ देखि १० वटा गाडीको टायर पन्चर हुने तथा पट्टा ठोक्किएर समस्या आउने गरेको अनौपचारिक तथ्याङक छ ।

स्थानीय भन्छन सहज हुने अपेक्षा गरिएको पुल ज्यानमारा बन्यो 

५ महिनादेखी यस्तै अवस्थामा रहेको पुलको दुई किनारामा हुने दुर्घटनाका कारण दर्जन बढिले हात खुट्टा भाँचिएको र एक गर्भवती महिलाको त सोही ठाँउमा ढलेर ज्यान गएको जयवागेश्वरीका स्थानीय भक्ती रिमालले सुनाए । तर पुलको किनारामा बाईक पल्टेर घाईते भएकी उनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाले यसको खासै चर्चा नभएको रिमाल बताउछन । दैनिक झण्डै ५ ईन्च बाहिर निस्कीएक रडमाथी पल्टेर घाईते हुने मोटरसाईकलका चालकको तथ्याङकै नभएको जयबागेश्रीकै रमाकान्त पन्तको भनाई छ ।

सडक विभागले जयबागेश्वरी स्थित बागमति खोलाको पुलमा निर्माण गरेको पुल सडकको सतह भन्दा ६ मिटर माथि निर्माण गरेको थियो । पुलको दुवै तर्फको भाग पुलको सतह बराबर बनाउन खासै समस्या छैन करोडौं खर्चेर बनेको पुलमा केही हजारले बन्ने कामलाई वेवास्ता गर्दा स्थानीयले सुविधा हुने अपेक्षा गरेको पुल ज्यानमारा बन्ने खतरा छ । पुलको दुई किनाराको फिनिसिङ पुलकै ठेकेदारले गर्नुपर्ने थियो तर सडक विभागले गर्नुपर्ने काम रेष्टुरेण्टको एउटा कुनामा लेनदेनमा टुंगिदाँ करोडौं खर्चिएको पुलको हालत यस्तो बनेको जानाकारहरु बताउछन । पुलनिमार्ण सकिएपछि पुलको दुवै भाग व्यवस्थित गर्नुपर्ने थियो । तर पुलका लागी बिच्छाईएका रड असरल्ल छाँडिदाँ अहिले दुईतर्फै निस्किएका रडको धारले गुडिरहेको गाडीको टायरसमेत छिचोल्ने गरेको छ । यसबाहेक मोटरसाईकल चालकको शरिरमा जुनकुनै बेला रडले घोचेर गम्भिर दुर्घटना निम्तिने त्रास उत्तिकै छ । कार्यलय जाँदा र फर्कदाँ यहि स्थानमा धेरैपटक लडियो अहिलेसम्म अरु अप्रिय घटना त भएको छैन तर बाटोमा लडेपछि हिलाम्मे हुदाँ न घर फर्किनु न कार्यालय जानु स्थानीय राम केसीले भने । मोटर साइकल मा समान बोकेर हिड्ने सयौले सोही स्थानमा लाखौं मुल्यको सामानको क्षति भोग्नु परेको केसीले सुनाए ।

प्राविधिक भन्छन् निर्माण गर्दा नै त्रुटि
तीन वर्ष अघि निर्माण भएको यो पुल निर्माण गर्दा नै प्राविधिक त्रुटि देखिएको छ । पुलको दायाँ बायाँ रहेको सतह करिब ५ मिटर माथि निर्माण कसरी गरियो यो हुन नसक्ने निर्माण कम्पनीका इन्जिनियर प्रधुम्न न्यौपानेले बताए । यो गम्भीर भुल सडक विभागले गर्न नहुन कसरी पास गरियो उनले भने ।

५ महिनामा ५ हजार सवारी दुर्घटना हुदाँसमेत सो क्षेत्रका जन प्रतिनिधि भने अहिले सम्म हेर्न समेत नआएको स्थानीय मतदाताको आरोप छ । एकै स्थानमा
दैनिक यति धेरै दुर्घटना हुदाँसमेत जनताको सेवा गर्ने आश्वासन बाँडेर चुनाव जितेका जनप्रतिनिधी वेखबर हुने उदेकलाग्दो घटना भएको उनिहरुले दुःखेसो पोखे । भोट माग्दा हाम्रो लागि यो गर्छौ त्यो गछौँ भने तर अहिले त्रिशुलीको त्रासमा यात्रा गर्न बाध्य हाम्रा समस्यामा जनप्रतिनिधी मौन बस्नु लाजमर्दो भएको स्थानीय हरि रसाईलीले गुनासो गरे । पाँच महिना भयो पुलको यस्तो हालत छ । तर मिलोमोतो करोडौ हिनामिना गर्ने सडक विभागका कर्मचारी ठेकेदारसँग प्रश्न समेत गर्न नसक्ने जनप्रतिनिधी सम्झदाँ कुरी कुरी लागेको रसाईलीले सुनाए ।
समयस्या पुलको किनारामा मात्रै होईन पुलको माथिल्लो भागको बीचमा गरिएको ढलानमा समेत निमार्ण भएको दुईबर्ष नहुदैं टायर छिर्ने प्वाल बनेको छ ।यसले निर्माण कम्पनी र सडक विभागका कर्मचारीले ठुलै आर्थिक चलखेलमार्फत यस्तो कमसल निर्माण भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

वार्डअध्यक्ष भन्छन मैले यो समस्या अब समाधान गर्छु

५ महिनामा ५ हजार सवारी दुर्घटना हुदाँ समेत जनप्रतिनिधी मौन बसेको बिषयमा टिभी अन्नपूर्णले राखेको जिज्ञासामा स्थानीय वडा अध्यक्ष दिनेश कुमार डङ्गोलले तत्काल यसलाई कारबाही थाल्ने बताए । आफूलाई पनि पुलमा दैनिक धेरै दुर्घटना भएको जानकारी भएपनि सडक विभाग र ठेकेदारको चलखेलबारे पत्तो नभएको भन्दै पन्छिन खोजे । आक्रोशित स्थानीयका कुरा सुनेपछि डंगोलले भने भोलीनै सो स्थानको अनुगमन गरी बाटो सहज बनाउछुँ ।

गाँउ गाँउमै सिंहदरबारको नारा बोकेर चुनाव जितेका जनप्रतिनिधीहरु सिंहदरबारकै छेऊकै यो सडकको दुर्दशामा यत्रो समयदेखी मुकदर्शक बनिरहदाँ आम जनताले सरकारको ६ महिनामाथी कुरी कुरी गरिरहेका छन । रेल,पानी जहाज, ठुल्ठुला सपना बाँडेर कार्यकर्ता पोस्ने तर जनताको सवालमा सिन्को नभाँच्ने सरकारले दुरदराजमा भाषण बाँडेरै सत्ता धान्ने मेलो थालेपनि सरकारको नाकैमुनीका यस्ता समस्यामा सम्म थोरैभएपनि ध्यान दिने की ?

Related posts

Leave a Comment