‘कथा काठमाडौं’को ट्रेलर युट्युवबाट हटाउन बोर्डको निर्देशन

फिल्म ‘कथा काठमाडौं’को ट्रेलर अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युट्युवबाट तत्काल हटाउन निर्माताको नाममा पत्र काटेको छ ।

अध्यक्ष निकिता पौडेलद्धारा हस्ताक्षरित पत्रमा उक्त ट्रेलरले सामाजिक मर्यादामा खलल पु-याउने कुरा उल्लेख छ । ‘अन्यथा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली २०२६ र २०५७ संसोधन बमोजिम आवश्यक कार्वाही हुने व्यहोरा जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ । अश्लिल प्रोमो सम्बन्धमा लेखिएको पत्र निर्माता कम्पनी आहाना फिल्मसलाई सम्बोधन गरिएको छ ।

प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज श्रेष्ठ, संजोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारी अभिनित फिल्म कथा काठमाडौंलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । विजय राई निर्माता हुन् ।

फिल्मकी निर्देशक श्रेष्ठले भने बोर्डको चिठीले आफूलाई अचम्भितसँगै थप पीडित बनाएको बताइन् । ‘सामाजिक सञ्जालमा उल्टै मेरो सिर्जना जथाभावी प्रयोग गरेर पीडित बनाइएको छ । तर मैले नै न्याय माग्ने जाने ठाउँमा कारवाही चेतावनीसहितको पत्र पाउँदा थप पीडित भएको महसुस गरेकी छु,’ संगीताले भनिन्, ‘बोर्डले अझै पत्रमा नै प्रोमो अश्लिल भएको ठोकुवा गरेको छ । कुन सामाग्री के हो भनेर ठोकुवा गर्ने निकाय पनि बोर्ड हो कि हैन यसमा पनि दुविधामा परेकी छु । तर मैले न अश्लिल फिल्म बनाएकी छु, न मेरो प्रोमो नै अश्लिल छ।’

असोज १२ गते फिल्म रिलिज हुँदैछ ।

Related posts

Leave a Comment