कार्यालयमा बस्दैनन् सरकारी कर्मचारी (भिडियोसहित)

जनताको करबाट तलब खाने सरकारी कर्मचारी जनताकै सेवाका लागि हुन् । जनताको सेवा गर्न समयअवधि पनि तोकिएको छ । बिहान १० बजेदेखि साझ ५ बजेसम्म कर्मचारी कार्यालयमै हुनु पर्ने हो । तर जनतालाई सेवा दिन छोडेर कर्मचारी दिउँसै कार्यालय छोडेर बाहिरिने गरेको पाइएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ८,९,१० र ११ को संयुक्त कार्यालयमा सोमवार यस्तै दृष्य देखियोे । दिउँसो २ बजे कार्यालयमा चारै जना वडाका सचिव थिएनन् । वडा नम्बर ८ का सचिव मुना घिमिरे, ९ का सचिव शान्ति पौडेल, १० का सचिव शसी कुमार फुयाल र वडा नम्बर ११ का टेक हरी अर्याल कार्यालयमा थिएनन् । ९ जना कर्मचारीको दरबन्दी रहेको संयुक्त वडा कार्यालयमा चार वडासचिव बाहेक अन्य दुई जना कर्मचारीले पनि दुई बजे नै कार्यालय छोडी सकेका थिए ।

कार्यालयमा रहेकी एक जना कर्मचारीले ४ जना वडासचिव धर्मस्थली स्थित नगरपालिकाको कार्यालयमा बैठकमा गएको बताइन् । कार्यालयमा फट्ट फुट्ट सेवाग्रही थिए । नौ जना कर्मचारी भएको कार्यालयमा तीन जना सहायक कर्मचारीले सेवा दिइरहेको उनीहरुको जिकिर थियो । वडाध्यक्ष ज्यूहरु हुनुहुन्छ । प्रशासनिक काम हामीले गरिहाल्छौ । अध्यक्ष ज्युहरुले फाइलमा हस्ताक्षर गर्नु हुन्छ । एक जना सहायक कर्मचारीले सुनाइन् ।

तर नगरपालिका प्रमख प्रशासकीय अधिकृत हिरामणि सुवेदीका अनुसार नगरपालिका कार्यालयमा कुनै बैठक थिएन । कुनै वडाका कर्मचारीलाई पनि नगरपालिकामा बोलाइएको थिएन । उनले भने, आजका लागि कुनै मिटिङ हामीले बोलाएका छैनौं । वडा सचिवहरु नगरपालिका कार्यालय आएको बारे कुनै जानकारी छैन । नगरपालिकामा केही दिन अघि मात्रै सरुवा भएका आएका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आगामी दिनमा सबै कार्यालयमा आफुले अनुगमन गर्ने बताए ।

त्यसपछि फेरी संयुक्त वडा कार्यालय मनमैजु पुग्दा एक जना कर्मचारी राजु खड्का कार्यालयमा फर्किसकेका थिए । उनले आफू बैंकमा कार्यालयको काम लिएर गएको बताए । यस अघि नगरपालिका बैठकमा चार जना वडा सचिव गएको बताउँने कर्मचारीले बोली फेरिन् । उनले भनिन्, वडा सचिवहरु बैंठक नभई नगरमा काम लिएर गएका हुन् । तर नगरमा कुनै कर्मचारी नगएकोे सुनाएपछि हिँडेर गएकोले कार्यालय नपुगेको हुनसक्ने भन्दै उनले अनविज्ञता जनाइन् । तर वडा नक्बर ८ का वडासचिव मुना घिमिरेले टेलिफोन कुराकानीमा आफुहरु पैदल नभई स्कुटीमा गएको बताइन् । उनले आफुहरु नगरपालिका कार्यालय नै गएको जिकिर गरिन् । उनले भनिन्, ‘हामी नगरपालिकामा काम लिएर आएका छौ । हामी नगरपालिका प्रमुख प्रशाकीय अधिकृत कहाँ नभई कार्यालयमा काम लिएर आएका हौं ।

जनताको पसिनाबाट तिरिएको करबाट तलब खाने कर्मचारी जनताको सेवामा नै तल्लीनन हुनपर्छ । प्रत्येक वडा वडामा समेत जनप्रतिनिधि भएको अवस्थामा कर्मचारीको यो मनपरीले जनताले पाउने सेवामा नै असर पर्छ । जनप्रतिनिधि र प्रशासनिक मान्छेहरु यस तर्फ सजक हुन जरुरी छ ।

Related posts

Leave a Comment