सेयर बजारमा सुधारको संकेतः कारोबारमा वृद्दी भएपछि लगानीकर्ता हर्षित

यो साता कारोबार रकममा उल्लेख्य सुधार भएको छ । पूँजीबजारमा कारोबारमा वृद्दी भएपछि लगानीकर्ताहरु भने हर्षित भएका छन् । साताभर भएको कारोबार फलदायी बन्न नसके पनि लगानीकर्ताहरुका लागि यो साताको अन्तिम दुई दिनको कारोबारले आशा भने जगाएको छ ।

लामो समयदेखि ओरालो लागेको बजारमा साताको अन्तिम दुई दिन अर्थात बुधबार र बिहीबार भने उकालो लाग्यो । बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार झिनो अंकले नै भए पनि उकालो लागेपछि लगानीकर्ताहरु हर्षित देखिएका हुन् ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म २२ हजार ५ सय २० वटा कारोबार भए ।

सातामा ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जसमा ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १ सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले घटेर अन्तिम दिन १२ सय १०.३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले घटेर २५५.३८ अंकमा आइपुगेको छ ।

Related posts

Leave a Comment