कर्मचारीको मिलेमतोमा कार्यालयबाटै मिटरबक्स गायब

बुटवलस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण कार्यालयबाटै कर्मचारीको मिलेमतोमा मिटरबक्स हराउने गरेको पाइएको छ । कार्यालयबाट हराएका मिटरबक्स ग्राहकबाट मोटो रकम असुल गरी जडान गरेको पाइएको हो । चोरीका मिटरबक्स सेवाग्राहीको घरमा जडान गरिदिने, तर मिटर रिडिङ गर्न नजाने भएपछि रहस्य खुलेको हो ।रुपन्देहीको देवदहलगायत क्षेत्रमा जडान गरिएका विद्युत्का मिटरबक्सबारे विद्युत् कार्यालयमा अभिलेख नभेटिएपछि विद्युत् महसुल उठाउने कार्यसमेत प्रभावित भएको छ । कार्यालयका केही कर्मचारीले मिटरबक्सका लागि तिर्नुपर्नेभन्दा बढी रकम ग्राहकबाट लिएर जडान गरेको, तर ती जडान गरिएका मिटरबक्सको कार्यालयमा इन्ट्री नगरेका कारण ‘मिटर रिडिङ’ नै हुन सकेको थिएन । झन्डै २ वर्षसम्म पनि मिटर रिडिङका लागि कर्मचारी नआएपछि ग्राहकले विद्युत् कार्यालयमै पुगेर खोजी गरेपछि अभिलेख नभएको तथ्य खुलेको केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले बताए ।

Related posts

Leave a Comment