कानुनमन्त्रीको अभिव्यक्ति, महिला अस्मितामाथि ठेस पुर्‍याएको राप्रपाको आरोप

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले नेपाली चेलीले आफूलाई नसुम्पी बंगलादेशमा डाक्टरको सर्टिफिकेट नपाउने भनी दिएको अभिब्यक्तिले समग्र नेपाली महिलाको अस्मितामाथि ठेस पुगेको भन्दै राप्रपाले निन्दा गरेको छ ।
राप्रपा प्रचार विभाग प्रमुख तथा सहप्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी मन्त्री तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष राप्रपा माग गर्दछ ।’

यस्तो भनेका थिए तामाङले
शनिबार एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरू बङ्गलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरूले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिको केही अंश यस्तो छ :‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक छ कथा ।’
उनी अगाडि भन्छन्, ‘उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेटकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन । हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन ।’
उनी अझ आक्रोश थप्दै भन्छन्, ‘के भन्या यो, के गर्न खोजेको यो मुलुकलाई रु त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा रु तर हामी मान्छेलाई पढाएका छैनाँै । अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ ।’

कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति आउनु केही दिन अगाडि मात्रै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंको यही प्रकृतिको अभिव्यक्ति पनि आएको थियो ।

Related posts

Leave a Comment